 |
|
 |
|
|
| दुई यात्रुवाहक एक आज आपसमा ठोकिँदा नौ जना घाइते |
| नुवाकोटको काठमाडौं बाट सातविसे जाँदै गरेका वा१ख ५६८२ नं.को त्रिशूली वस सेवा समिति र सातविसेबाट काठमाडौं आउँदै गरेका बा३ ख २५६१ नं. को बस एक आपसमा ठोकिदा भएको दर्ुघटनामा गणेशस्थान गाविस-६ की १९ वषिर्य अर्चना श्रेष्ठ र बालकुमारी गाविसका लक्ष्मी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । |
 |
|
| विद्यालयद्वारा राहत |
| विद्यालय भवन निर्माणका क्रममा ढुग्ााले चेपिएर ज्यान गुमाएका धादिङ जिल्लाको खाल्टे गाविस ७ का गंगावहादुर आलेलाई खाल्टे गाविसको महेन्द्रोदय कालिका माविले ३५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । |
 |
|
|
| एलडिओमाथि भएको र्दुव्यवहारको भर्त्सना |
| जिल्ला विकास समिति नुवाकोट स्थानीय विकास अधिकारी चिरञ्जिवी भण्डारीलाई केही दिनअघि नेपाली कांग्रेसका कार्यकताहरुले र्सार्वजनिक रुपमा गाली गलौच गरेको घटनाप्रति कर्मचारी मिलन केन्द्र नुवाकेाटले प्रेस विज्ञप्ती प्रकाशित गरी भत्र्सना गरेको छ । |
 |
|
| अमेरिकी डलरमा आयात सुविधा थपिने |
| नेपाल राष्ट्र बैंकका गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले भारतबाट अमेरिकी डलर तिरेर आयात गर्न पाउने बस्तुको वर्तमान सूचीमा नपरेका कच्चा पदार्थ कसैले अमेरिकी डलर तिरेर आयात गर्न चाहेमा राष्ट्र बैंकले स्वीकृति दिन सक्ने बताएका छन् । |
 |
|
| कांग्रेसद्वारा संसद बहिस्कार |
| प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेका कारण सोमबारको व्यवस्थापिका संसदको बैठक १० मिनट पनि नबसी स्थगित भएको छ । |
 |
|
| भट्टराई अस्पताल भर्ना |
| पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि सोमबार दिउँसो नर्भिक अस्पतालमा भर्ना गरिएको छ । |
 |
|
| राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट |
| प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति डा. रामवरण यादवबीच भेटघाट भएको छ । प्रधानमन्त्री प्रचण्ड भेटका लागि दिउसो साढे दुई बजे राष्ट्रपति निवास पुगेका हुन् । |
 |
|
| एमाले अध्यक्ष खनाल चीनतर्फ |
| चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले अध्यक्ष झलनाथ खनाल पार्टी पाँच सदस्यीय टोलीसाथ चीन लागेका छन् । |
 |
|
|